वाङ यी र इरानी विदेश मन्त्री बीच टेलिफोन-वार्ता
2024-04-16 14:52:49CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले १५ तारिख निर्धारित समय अनुसार इरानी विदेश मन्त्री होसिन अमिर अब्दुल्लाहिआनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

टेलिफोन-वार्तामा विदेश मन्त्री अब्दुल्लाहिआनले सिरियाका लागि इरानी दूतावासमाथि आक्रमण गरेको घटना सम्बन्धी इरानको अडानबारे जानकारी दिनुका साथै गाजा क्षेत्रमा तत्काल युद्ध विराम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

 

चीनसँगै मिलेर इरान-चीन सहकार्यलाई अझ विकसित पार्दै जान इरान इच्छुक रहेको पनि विदेश मन्त्री अब्दुल्लाहिआनले बताउनुभएको छ।

 

इरानले वर्तमान परिस्थितिको सही रूपमा व्यवहार गर्दै इरानको शान र सार्वभौमिकताको संरक्षण गर्ने आधारमा परिस्थितिलाई जटिल र डामाडोल नबनाउने विश्वास पनि परराष्ट्र मन्त्री वाङ यीले प्रकट गर्नुभएको छ।

 

इरानसँग स्थिर रूपमा विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्यलाई अघि बढाउनुका साथै चीन-इरान सम्बन्धलाई अझ विकसित पार्दै जान चीन इच्छुक रहेको पनि परराष्ट्र मन्त्री वाङ यीले बताउनुभएको छ।