युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान गर्न सी चिनफिङद्वारा जोड
2024-04-16 15:44:43CRI
Share with:

अप्रिल १६ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित  त्याउ यु थाई राष्ट्रिय अतिथि भवनमा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेटघाट गर्नुभएको छ। 

सी चिनफिङ र सोल्जले युक्रेन सङ्कटबारे वैचारिक आदान-प्रदान गर्नुभयो। सीले विभिन्न पक्षमा तीब्र रुपमा शान्ति पुनःशुरू गर्ने कुरामा अडिग हुनुपर्ने बताउँदै विभिन्न पक्षले शान्ति र स्थिरताको समग्र स्थितिलाई ध्यानमा राख्नुपर्ने र परिस्थितिका सिथिल पार्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले शान्ति पुनःशुरू गर्नका लागि पूर्वाधारको सिर्जना गर्नुपर्ने र विश्व अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई घटौती गर्नुपर्ने आफ्नो भनाइ राख्नुभयो।

 

चिनियाँ राष्ट्राध्यक्ष सीले सङ्कटको शान्तिपूर्ण समाधानका लागि हितकर हुने सबै प्रयासको चीनले प्रोत्साहन र समर्थन दिएको कुरा व्यक्त गर्नुका साथै चीनले जर्मनीलगायत सम्बन्धित पक्षसँग घनिष्ठ सम्पर्कलाई कायम राख्ने उल्लेख गर्नुभयो।