चीन अन्तर्राष्ट्रिय उपभोग्य मेलामा आरसीइपी सदस्य देशहरूको सक्रिय सहभागिता
2024-04-16 16:13:30CRI
Share with:

चौथो चीन अन्तर्राष्ट्रिय उपभोग्य मेला हाल चीनको हाइनान प्रान्तमा आयोजना भइरहेको छ। जापान, कोरिया, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, भियतनाम, अष्ट्रेलिया लगायत ११ क्षेत्रीय वृहत् आर्थिक साझेदारी आरसीइपी सदस्य मुलुकका ३१८ वटा ब्रान्डहरूले प्रदर्शनीमा भाग लिएका छन्। मेलाको क्षेत्रफल ३ हजार वर्ग मिटर नाघेको छ।

चीनको १ अर्ब ४० करोड जनसँख्यामध्ये मध्यम आय भएको जनसँख्या ४० करोड बढी छ। प्रति व्यक्ति जीडीपी १२ हजार डलर नाघेको छ। चीन अहिले विश्वभरि सबैभन्दा ठूलो उपभोग्य बजार हो। मेलामा प्रदर्शित उद्योगहरूका अनुसार, चीन अन्तर्राष्ट्रिय उपभोग्य मेलाको आयाम, गुणस्तर तथा प्रभावकारिता लगायतका पक्षहरू राम्रो र स्पष्ट हुँदै गएका छन्। यसले विश्वलाई चीनको ठूलो बजार, अवसर र उच्चस्तरीय खुलापनको विस्तार गर्ने दृढता प्रदर्शन गरेको छ।