सी चिनफिङ तथा जर्मनीका चान्सलर बीच भेट-वार्ता
2024-04-16 14:48:49CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख बिहान पैचिङ त्याउ यु थाई राष्ट्रिय अतिथि भवनमा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेट-वार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन र जर्मनी दुवै नै विश्वको दोस्रो र तेस्रो आर्थिक समुदाय भएकाले चीन-जर्मनी सम्बन्धलाई सुदृढ र विकसित पार्नु नै एशिया-युरोप महाद्वीप अझ विशेषगरी समस्त विश्वका लागि महत्वपूर्ण अर्थ रहेको औँल्याउनुभएको छ।

 

चीन र जर्मनी दुवै देशले दीर्घकालीन र रणनीतिक दृष्टिबाट द्विपक्षीय सम्बन्धको व्यवहार र विकास गर्दै हातमा हात मिलाएर विश्वका लागि अझ बढी स्थिरता र निश्चितता थप्दैजाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

 

प्रत्युत्तरमा चान्सलर सोल्जले चीनसँगै मिलेर आपसी समझदारी र सम्पर्कलाई सबल पारी संयुक्त रूपमा जलवायु परिवर्तन लगायतका विश्वव्यापी चुनौतीको सामना गर्नुका साथै बहुपक्षीय अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गर्दै विश्व शान्ति र विकासलाई प्रबर्द्धन गर्दै जान जर्मनी इच्छुक रहेको जनाउनुभएको छ।

 

वार्ताको क्रममा उहाँहरूले युक्रेन सङ्कट र प्यालेष्टाइन-इजरायल भिडन्त लगायतका साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभएको छ।