#अल्पसंख्यक जाति# सिन्च्याङबारे चीनस्थित विभिन्न देशका राजदूतबीचको वार्ता पैचिङमा
2024-04-16 09:27:40cri
Share with:

अप्रिल १० तारिख इद उल फित्र दिवस थियो। यही दिन पैचिङमा पर्ने सिन्च्याङ भवनमा ४९ देशका ७६ जना विदेशी मित्रताहरू शुभकामना आदानप्रदान गर्नका लागि भेला भएका छन्। उनीहरू चिनियाँ सिन्च्याङको कथा सुन्नुका साथै सिन्च्याङमा हेरेको र सुनेको विषयबारे वैचारिक आदानप्रदान गरेका छन्। आजको अल्पसंख्यक जाति कार्यक्रममा म यस विषयको बारेमा जानकारी दिन चाहन्छु।

 “खुला सिन्च्याङ” शीर्षक भिडियोपछि सिन्च्याङ स्वायत् प्रदेशका प्रमुख एर्कन थुनियाचले सिन्च्याङको जानकारी दिनुभएको छ। “चिनियाँ सिन्च्याङको ढोका सधैँ खुला छ। सिन्च्याङको आर्थिक तथा सामाजिक विकास र मानव अधिकारको संरक्षणमा उपलब्धि स्पष्ट छ।” उहाँले भन्नुभयो। “हाल चीनका अन्य क्षेत्रका विभिन्न जातिहरूजस्तै सिन्च्याङका विभिन्न जातिहरूसँग समान स्थान र विकसित मौका पाउनुका साथै सुधार तथा विकासको उपलब्धि, सुखमय तथा शान्तिपूर्ण जीवन बिताएका छन्। यो सबैभन्दा ठूलो मानव अधिकार र मानव अधिकारको सबैभन्दा राम्रो व्यवहार हो भन्ने विचार हामी गरेका छौं।”

 यो आत्मविश्वास सिन्च्याङका विभिन्न जातीय अधिकारी तथा बासिन्दाको अथक प्रयासमा प्राप्त भएको हो।

  चीनका लागि पाकिस्तानका राजदूत हाश्मिले भन्नुभयो- “सिन्च्याङको आर्थिक तथा सामाजिक विकास र मानव अधिकारको संरक्षणमा उपलब्धि प्रशंसनीय छ। त्यो सिन्च्याङ जनताको समर्पण र कडा परिश्रमको पुष्टि हो।”  “पश्चिमा मुलुकको झूटले सिन्च्याङको समृद्धि र सफलतातिर जाने प्रवृत्तिलाई रोक्न सक्दैन।”

  केही वर्षयता सिन्च्याङले धेरै विदेशीहरूलाई वास्तविक र “फिल्टर” विहिन्न सिन्च्याङ हेर्न, झूट र पूर्वाग्रह नभएको सिन्च्याङको अनुभव गर्न बोलाएको छ। त्यसमध्ये वार्तामा भाग लिने धेरै विदेशी राजदूतहरू छन्। उनीहरूले सिन्च्याङको यात्रा र अनुभवबारे आफ्नो विचार व्यक्त गरेका छन्।

“चिनियाँ सिन्च्याङको भूमिमा उभिएर सम्पर्क सञ्जाल, व्यापार र सँस्कृतिको दीर्घकालीन शक्तिको अनुभव गर्छौं।”

“सन् २०२२ मा पहिलोपटक सिन्च्याङको भ्रमण गर्दा घर फर्केको महसुस भएको थियो।”

“सिन्च्याङ चीनमा सबैभन्दा शक्तिशाली क्षेत्रहरूमध्येको एक क्रमशः बनेको छ।”

“सिन्च्याङका विभिन्न जातीय जनताले मेलमिलाप रूपमा जीवन बिताएका छन्। अनारको बीउ जस्तै।”

“ग्रामीण क्षेत्रको पुनर्त्थान गरिरहेको छ। जसले बासिन्दा फेरि गरिबीमा पर्नबाट रोकिएको छ।”

 “सन् २०२३ को फेब्रुअरीमा सिन्च्याङको भ्रमणअघि मैले धेरै विरोधाभासी बयान सुनेँ।” चीनका लागि दक्षिण अफ्रिकाका राजदूत सियाबोन्गा सी.स्वेलेले भन्नुभयो। तर उहाँले हेरेको सिन्च्याङ बासिन्दाहरू “विविधतामा मेलमिलप रूपमा सहअस्तित्व भएका छन्। भविष्यप्रति युवाहरूलाई गौरव र विश्वासिलो लाग्छ।”

 

 “मेरो अनुभवसँग उरुमुची शहर फरक छ र एउटा आधुनिक शहर हो। यहाँका बासिन्दाहरू निकै मैत्रीपूर्ण छन्। यात्रापछि मेरो छाप ज्यादै राम्रो छ।” चीनका लागि प्यालेष्टाइन दूतावासका प्रथम सचिव मू. वायिलले व्यक्त गर्नुभएको छ।

 हो त नि, आफैँ यात्रा गरेर हेरेर अनुभव गरेर सिन्च्याङसम्ब्धी सबै शंका र अफवाह हटाउन सकिन्छ।