सिन्च्याङमा “चिनियाँ भाषा पुल” वसन्त क्याम्प
2024-04-16 18:39:06cri
Share with:

अप्रिल १५ तारिख “चिनियाँ भाषा पुल २०२४” अन्तर्गत शाङ्हाई सहयोग सङ्गठनका मुलुकहरूका युवा विद्यार्थीहरूको वसन्त क्याम्प उदघाटन समारोह सिन्च्याङमा आयोजना भएको छ। रुस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, भारत, पाकिस्तान, इरान गरी आठ मुलुकका करीब पाँच सय युवा विद्यार्थी यस पटकको वसन्त क्याम्पमा सहभागी छन्।

युवा विद्यार्थीहरूले चीनमा पन्ध्र दिने भ्रमणमा चिनियाँ भाषा सिक्ने र चिनियाँ सँस्कृतिको अनुभव गर्नेछन्।