चीनको बैंकिङ प्रणाली स्थिर रहेको चिनियाँ जन बैंकको भनाइ
2024-04-16 10:18:34cri
Share with:

चिनियाँ जन बैंकले अप्रिल १५ तारिख बैंकिङ स्थिरता विषयमा एक सम्मेलनको आयोजना गरेको छ। यस सम्मेलनले सन् २०२३ मा बैंकिङ स्थिरता कार्यको निष्कर्श निकाल्नुका साथै वर्तमान बैंकिङ स्थितिको विश्लेषण गर्दै आगामी चरणको कार्ययोजना बनाएको छ।

 

सन् २०२३ मा चिनियाँ जन बैंकको बैंकिङ स्थिरता प्रणालीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदको नीति गहन रुपमा अपनाउँदै बैंकिङ व्यवस्थाको गहन रुपमा सुधार गरी विभिन्न कार्यमा सकारात्मक उपलब्धि हासिल गरेको सो सम्मेलनले ठहर गरेको छ।

 

सो सम्मेलनले बैंकिङ जोखिमको प्रतिरोध गर्नु बैंकिङ कार्यको मूलभूत जिम्मेवारी रहेको उल्लेख गर्दै बैंकिङ स्थिरता प्रणालीले केन्द्रीय आर्थिक कार्य सम्मेलन तथा केन्द्रीय बैंकिङ कार्य सम्मेलनको भावनालाई निरन्तर तथा गहन रुपमा पालना गरी सन् २०२४ मा बैंकिङ स्थिरता कार्य राम्रोसँग गर्नुपर्ने कुरामा जोड दिएको छ।