चीन र अमेरिकाका राष्ट्रिय प्रतिरक्षा मन्त्री बीच भिडियो-वार्ता
2024-04-17 14:43:20CRI
Share with:

चीनका राष्ट्रिय प्रतिरक्षा मन्त्री तोङ च्युनले १६ तारिख निर्धारित योजना अनुसार अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री लायड आउस्टिनसँग भिडियो-वार्ता गर्नुभएको छ।

 

वार्ताको क्रममा मन्त्री तोङ च्युनले चीन र अमेरिकाका दुवै सेनाले मेलमिलापयुक्त, शान्तिपूर्ण र स्थिर सिद्धान्तलाई कायम राख्दै आपसी सम्मान र समानको आधारमा भिडन्त र प्रतिद्वन्दबाट टाढा रहने तथा खुलस्त र वास्तविक सहकार्यको स्थापना गरी साँच्चिकै रूपमा दुई देश बीच सम्बन्ध विकास हुने स्थिर आधारशिला बनाउनसक्ने आशा व्यक्त गर्नुभएको छ।

 

थाइवान मामिला चीनको केन्द्रीत विषय रहेको भन्दै मन्त्री तोङ च्युनले चीनको अटल अडानको स्पष्ट रूपमा व्यवहार गर्नुका साथै दक्षिण चीन सागर सम्बन्धी चीनको सार्वभौमिकता र सामुद्रिक हक-अधिकारको सम्मान गरी वास्तविक गतिविधिमार्फत क्षेत्रीय शान्ति र चीन-अमेरिका दुवै देश र दुई सेना सम्बन्धको स्थिरताको संरक्षण गर्दै जान चीनले अमेरिकालाई ताकिता गरेको पनि उहाँले जोड दिनुभएको छ।

 

उक्त भिडियो-वार्तामा दुवै पक्षले अन्य साझा चासोका विषयहरूबारे पनि वैचारिक आदानप्रदान गरेका छन्।