चीनको अर्थतन्त्रको वास्तविक अवस्थालाई तीन दृष्टिकोणबाट बुझौँ
2024-04-17 20:23:27CRI
Share with:

‘चीनले वैज्ञानिक र प्राविधिक नवप्रवर्तनमा लगानी बढाउँदै लगेको छ र नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गरिरहेको छ। यसै आधारमा चीनले यस वर्षको आर्थिक वृद्धिको अपेक्षा पूरा गर्ने हाम्रो विश्वास छ र हामी चीनको निरन्तर आर्थिक वृद्धिको आशा गर्दछौं।’ उक्त कुरा अप्रिल १५ तारिख चीनको हाइनानमा आयोजित चौथो चाइना अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोमा सहभागी हुनुभएका चीनस्थित आयरल्याण्ड राजदूतावासका वाणिज्य काउन्सिलर जोन कर्टिनले यस्तो विश्वास व्यक्त गर्दै भन्नुभएको हो।

यो कुरा चीनले अप्रिल १६ तारिख सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कबाट पनि पुष्टि गरिएको छ-- स्थिर मूल्यमा चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि भएको छ। यसबारे विदेशी सञ्चारमाध्यमले जनाएका छन् कि यो वृद्धिदर 'अपेक्षाभन्दा बढी' भएको छ।

चालु वर्षको पहिलो त्रैमासिकमा आर्थिक तथ्याङ्कको प्रदर्शनलाई ३ दृष्टिकोणबाट हेर्न सकिन्छ। सर्वप्रथम, उपभोग नै चीनको अर्थव्यवस्थाको आकर्षण हो, जसले देखाउँछ कि बजार क्षमता विशाल छ। चालु वर्षको पहिलो त्रैमासिकमा, उपभोग्य वस्तुहरूको कुल खुद्रा बिक्री ४.७ प्रतिशतले वृद्धि भयो र सेवा क्षेत्रको खुद्रा बिक्री १० प्रतिशतले वृद्धि भयो। साथै बासिन्दाहरूको अध्यावधिक गरिएको खपतमा सुधार जारी रह्यो। यसबारे चर्चा गर्दै पोर्श चाइनाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्रिस्टोफर कोर्समाईले भन्नुभयोः पोर्शका लागि चिनियाँ बजार निकै महत्वपूर्ण रहेकाले कम्पनीले चिनियाँ ग्राहकको आवश्यकता पूरा गर्दै उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्न प्रयास गर्दै जानेछ। यो पोर्श मात्र होइन चीनमा धेरै विदेशी कम्पनीहरूको आवाज पनि हो।

नयाँ गुणस्तरीय उत्पादन शक्तिबाट ल्याइने विकासको नयाँ गतितिर हेरौँ। नयाँ गुणस्तरीय उत्पादन शक्तिहरूको विकास आर्थिक विकासको परम्परागत मोडलभन्दा फरक छ र यसमा उच्च प्रविधि, उच्च कार्यकुशलता र उच्च गुणस्तरको विशेषताहरू छन् भन्ने विश्लेषण हालै कम्बोडियाली मिडियाले जनाएका छन्। पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार, चीनको उच्च प्रविधि उत्पादन उद्योगको निर्दिष्ट आकारभन्दा माथिको थप मूल्य ७.५ प्रतिशतले वृद्धि भएको छ जुन गत वर्षको चौथो त्रैमासिकको तुलनामा २.६ प्रतिशतले बढी हो।

चीनको नयाँ उच्च गुणस्तरीय उत्पादन शक्तिको विकासबाट आफ्नै आर्थिक वृद्धिलाई बढाएको मात्र होइन, क्षेत्रीय लगायत विश्व आर्थिक वृद्धिका लागि पनि नयाँ गति प्रदान गर्नेछ।

भविष्यउन्मुख हेर्दा, आर्थिक विकासका लागि अपेक्षा र दिशा महत्वपूर्ण छ, जुन चीनको आर्थिक विकासको अर्को प्रमुख श्रेष्ठता हो। पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र 'राम्रो दिशातिर मोडिएको' छ भन्ने कुरा सर्वसम्मत बनेको छ।

एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु असाकावाले अनुमान गर्दै भन्नुभयोः सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिको सहयोगमा यस वर्ष चीनको अर्थतन्त्र निरन्तर वृद्धि हुनेछ।