काउन्टडाउनः २ सय दिन बाँकी
2024-04-18 14:51:59CRI
Share with:

सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना गरिने छ।

 

वाणिज्य बुकिङ कार्य शुरू भएयता विश्वभरका विविध व्यवसायहरूले सक्रियताका साथ नाम दर्ता गराइरहेका छन्। हालसम्म हस्ताक्षरित व्यवसायको आधारमा प्रदर्शनी क्षेत्रफल २ लाख ७० हजार वर्गमिटर पुगिसकेको छ। सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजनाकालागि अब मात्र २ सय दिन बाँकी रहेको अवस्थामा सहभागी हुने पहिलो खेपका व्यवसायहरूको नामावलीलाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। तीमध्ये धेरैले अगाडि नै नाम दर्ता गराइसकेका हुन् र प्रदर्शनीको क्षेत्रफल अपेक्षाकृत ठूलो रहेका २५२ वटा व्यवसाय र संस्थाहरू समावेश छन्।

 

सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो मातहतको वाणिज्य प्रदर्शनीले विगतमा झैँ खाद्य-पदार्थ र कृषि उत्पादन, मोटर-गाडी, प्राविधिक प्रबन्ध, उपभोग्य वस्तु, चिकित्सा प्रबन्ध र औषधि तथा सेवागत व्यापार लगायतका ६ किसिमका प्रदर्शनी क्षेत्रको स्थापना गर्ने छ। यसबाहेक, सिर्जनशील क्षेत्र पनि खडा गरिने छ।