चीनको परराष्ट्र मन्त्रालयद्वारा अमेरिकासँग चीनमाथि लक्षित व्यापारिक सँरक्षणवादी कदम तुरुन्तै रोक्न आग्रह
2024-04-18 16:00:12CRI
Share with:

अप्रिल १८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चियानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो अवसरमा पत्रकारले अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले अप्रिल १७ तारिख सम्बोधनमा चर्चा गर्नुभएको सम्बन्धित भनाइबारे प्रश्न सोधेका छन्। 

यसबारे प्रवक्ता लिनले चीनले सधैँ नै अमेरिकासँग निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्त पालना गर्न, विश्व व्यापार सङ्गठनको नियमको पालना गर्न र चीनमाथि लक्षित व्यापारिक सँरक्षणवादी कदम तुरुन्तै रोक्न आग्रह गरेको बताउनुभयो। चीनले सबै आवश्यक कदम चाल्ने र आफ्नो वैधानिक अधिकारको सँरक्षण गर्ने कुरामा उहाँले जोड दिनुभयो।