बेइजिङमा अवस्थित फायूआन मन्दिरमा शताब्दी कविता गोष्ठी
2024-04-18 14:30:23CRI
Share with:

अप्रिल १७ तारिख, बेइजिङको पश्चिम क्षेत्रमा अवस्थित फायूआन मन्दिरमा रवीन्द्रनाथ टैगोरको चीन भ्रमणको १०० औँ वर्षगाँठको अवसरमा, “महान् गुरुलाई सम्मान, गहकिलो कविता वाचन” विषयमा शताब्दी कविता गोष्ठीको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक र चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङले सो अवसरमा सहभागी हुनुभएको छ।

फायूआन मन्दिरको कविता गोष्ठी एक परम्परागत सांस्कृतिक समारोह हो जसले चीनको मिङ राजवंशदेखि हालसम्म सयौँ वर्षहरू पार गरिसकेको छ। सो कविता गोष्ठीको अवधिमा, कविता सम्बन्धमा आदानप्रदानबाहेक ‘सिटी वाक’ शहरमा हिँड्ने लगायतका गतिविधिहरू पनि हुने जनाइएको छ।