चीनद्वारा संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुक बन्न प्यालेष्टाइनलाई समर्थन
2024-04-18 14:53:31CRI
Share with:

 

अप्रिल १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले इण्डोनेशियाकी विदेश मन्त्री रेट्नो लेस्टारी मार्सुडीसँग इण्डोनेशियाको राजधानी जाकार्तामा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ।

 

त्यस अवसरमा परराष्ट्र मन्त्री वाङ यीले प्यालेष्टाइन-इजरायल भिडन्तबाट मानवतावादी प्रकोप बढेकोले तत्काल बिनाशर्त युद्धविराम गर्दै वर्तमान परिस्थितिलाई चर्काउन नदिनका लागि छिटोभन्दा छिटो मानवीय उद्धार व्यवस्थाको स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। साथै, संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुक बन्न चीनले प्यालेष्टाइनलाई समर्थन गरेको पनि परराष्ट्र मन्त्री वाङ यीले औँल्याउनुभएको छ।