चीन विश्व आर्थिक वृद्धिकालागि यथावत रुपमा सबैभन्दा ठूलो इन्जिन हुने-एशियाली विकास बैंक
2024-04-18 10:28:35cri
Share with:

 

हालै एसियाली विकास बैंकले आर्थिक वृद्धि मन्द भए तापनि चीन विश्व आर्थिक वृद्धिका लागि यथावत रुपमा सबैभन्दा ठूलो इन्जिन हुने दाबी गरेको छ। एसियाली विकास बैंकका प्रथम अर्थशास्त्री एल्बर्ट पार्कले “सन् २०२४ मा एसियाको विकासको दृष्टिकोण” प्रतिवेदन सार्वजनिक कार्यक्रमका लागि आयोजित प्रेस सम्मेलनमा बोल्दै भावी केही अवधिसम्म चीन यथावत रुपमा निकै महत्त्वपूर्ण हुने र एसियाली क्षेत्रको कूल गार्हस्थ उत्पादनमा चीनको मात्रा करिब आधा भाग रहने व्यक्त गर्नुभयो।

 

एसियाली विकास बैंकले सन् २०२४ देखि २०२५ सम्म एसियाको आर्थिक वृद्धिमा चीनको मात्रा ४६ प्रतिशत हुने अनुमान गरेको छ। त्यसका अतिरिक्त, चालू वर्ष विकसित मुलुकहरुको आर्थिक वृद्धि दर मन्द गतिले हुने र तीमध्ये अमेरिकाको कूल गार्हस्थ उत्पादन मात्राको वृद्धि दर १.९ प्रतिशत र जापानको वृद्धि दर ०.६ प्रतिशत हुने एसियाली विकास बैंकले अनुमान गरेको छ।