वाङ यी र इन्डोनेशियाका विदेश मन्त्रीद्वारा सँयुक्त पत्रकार सम्मेलन
2024-04-18 16:29:35CRI
Share with:

स्थानीय समय अप्रिल १८ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले जाकार्तामा इन्डोनेशियाका विदेश मन्त्री रेटनो मार्सुदीसँग भेटवार्तापछि सँयुक्त रुपमा पत्रकारसँग कुराकानी गर्नुभएको छ। 

वाङ यीले इन्डोनेशियाको यस पटकको भ्रमणको उद्देश्य दुई मुलुकका राष्ट्रानायकबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्नु, इन्डोनेशियाको समर्थन दिनु र द्विपक्षीय सम्बन्धलाई नयाँ तथा थप विकासलाई अगाडि बढाउनु रहेको बताउनुभयो। उहाँले  विदेश मन्त्री रेटनोसँग फलदायक भेटवार्ता भएको र व्यापक सहमति प्राप्त भएको पनि उल्लेख गर्नुभयो। 

वाङ यीले चालु वर्ष जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सव रहेको बताउँदै आगामी वर्ष इन्डोनेशिया स्वतन्त्रताको ८०औँ वार्षिकोत्सव हुने र चीन तथा इन्डोनेशियाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव हुने कुरामा जोड दिनुभयो। सो अवसरमा चीनले इन्डोनेशियासँग दुई मुलुकको भाग्य समुदायको सिर्जनालाई अगाडि बढाउने आशा लिएको कुरा पनि जानकारी दिनुभयो।