सी चिनफिङद्वारा सूचना समर्थन फौजलाई सैन्य झण्डा र सम्बोधन
2024-04-19 19:40:19CRI
Share with:

चिनियाँ जन मुक्ति सेनाको सूचना समर्थन फौजको स्थापना समारोह अप्रिल १९ तारिख पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्याक्ष सी चिनफिङले सूचना समर्थन फौजलाई सैन्य झण्डा दिँदै समारोहलाई सम्बोधन गर्नुभएको छ। उहाँले पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको प्रतिनिधित्व गरेर सूचना समर्थन फौजका सबै सेनालाई हार्दिक बधाई पनि व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, सूचना समर्थन फौजको गठन पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगले सेनालाई सबल पार्ने समग्रबाट बनाइएको महत्वपूर्ण निर्णय हो। नयाँ सेना ढाँचाको निर्माण गर्ने र चिनियाँ विशेषतायुक्त सैन्य प्रणालीको सुधार गर्ने रणनीतिक कदम हो। राष्ट्रिय सुरक्षा तथा सेनाको आधुनिकीकरणलाई तीब्र पार्न, नयाँ युगमा जन सेनाको लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न वृहत र गहन अर्थ रहेको छ।