इरान र इजरायलको परिस्थितिलाई अझै तनाव पार्ने सबै गतिविधिको विरोध
2024-04-19 16:57:48CRI
Share with:

अप्रिल १९ तारिख इरानको मध्य भागमा बम विष्फोटन भएको छ। अमेरिकी अधिकारीले सञ्चार माध्यमलाई जानकारी दिँदै इजरायलले यो आक्रमण गरेको दावी गरेका छन्। चीनले त्यससित सम्बन्धित जानकारीमाथि ध्यान दिँदै वर्तमान परिस्थितिलाई अझै तनाव पार्ने सबै गतिविधिको विरोध गरेको छ। 

अप्रिल १९ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले उक्त कुरा बताउनुभएको हो।