अमेरिकाद्वारा “सहायता” को नाममा प्रभुत्त्वको विस्तार
2024-04-19 14:57:38CRI
Share with:

“अमेरिकाको वैदेशिक सहायताको नक्कली स्वरूप र वास्तविक तथ्य” शीर्षकको प्रतिवेदन अप्रिल १९ तारिख सार्वजनिक भएको छ। त्यस प्रतिवेदनले तथ्य र तथ्याङ्कको आधारमा अमेरिकाले सहायता गर्ने उद्देश्य, कारवाई, प्रतिफल र प्रभाव आदि दृष्टिबाट अमेरिकी सहायताको नक्कली स्वरूप र नकारात्मक प्रभावको भण्डाफोर गरेको छ। तथ्यबाट के प्रमाणित गरिएको छ भने अमेरिकाले सहायताको नाममा जथाभावी रूपमा एकपक्षीय प्रभुत्त्वको संरक्षण, अन्तर्राष्ट्रिय विकास परिपाटीलाई डामाडोल बनाउने र विश्वको समृद्धि तथा स्थिरतालाई ध्वस्त पार्न खोजेको कुचेष्टा र गम्भीर खतरा स्पष्टसँग देखिएको छ।

 

उक्त प्रतिवेदनले विविध घटनामार्फत अमेरिकी सहायताको स्वार्थी उद्देश्य, हस्ताक्षरित गतिविधि, नक्कली सहायता र प्रभुत्ववादी स्वरूपको विस्तृत रूपमा विश्लेषण गरेको छ। अमेरिकाको तथाकथित वैदेशिक सहायताले वास्तवमा विश्व शान्ति र विकासलाई गम्भीर नकारात्मक असर पारेको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।