पहिलो त्रैमासिक अवधिमा चीनको जीडीपी ५.३ प्रतिशतले वृद्धि
2024-04-19 18:56:10CRI
Share with:

अप्रिल १९ तारिख चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्रालयले सन् २०२४ को पहलो त्रैमासिक वाणिज्य अवस्थाबारे जानकारी दिएको छ।

उप वाणिज्य मन्त्री क्वो थिङथिङका जानकारीअनुसार, पहिलो त्रैमासिक चीनको अर्थतन्त्र राम्रो सुरू हुनुका साथै वाणिज्यमा कुल स्थिर र ढाँचा सुधार हुँदै गएको प्रवृति देखाइएको छ।

पहिलो त्रैमासिकको अवधिमा चीनको जीडीपी ५.३ प्रतिशतले वृद्धि भएको छ। उपभोग्य वस्तुको कुल खुद्रा बिक्री ४.७ प्रतिशतले वृद्धि हुनुका साथै उपभोग्य कुल खुद्रा बिक्री १० प्रतिशतले बढेको छ। सामानको व्यापार १०२ खर्ब युआन पुगेको छ। यो पहिलोपटक १०० खर्ब युआनभन्दा बढी भएको हो।

सो अवसरमा “बेल्ट एण्ड रोड”को साझा निर्मण गर्ने देशका लागि आयात-निर्यात मात्रा ५.५ प्रतिशतले वृद्धि भएको छ। विकसित मुलुकका लागि बजार सुधार हुँदै अमेरिकाका लागि आयात-निर्यातको वृद्धि गति गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासिकको अवधिमा विदेशी पूँजीको व्यवसाय १२ हजार थपेर २०.७ प्रतिशतले बढेको छ।