चौधौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु
2024-04-19 14:38:15cri
Share with:

राष्ट्रिय चलचित्र व्यूरोको निर्देशनमा चाइना मिडिना ग्रुप तथा पैचिङ नगरपालिका जन सरकारले आयोजना गरेको चौधौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अप्रिल १८ तारिख पैचिङमा अवस्थित यान छि हु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु भएको छ।


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पैचिङ समितिका सचिव यीन ली उद्घाटन समारोहमा उपस्थित हुनुभयो। केन्द्रीय प्रचार-प्रसार विभागका उप-प्रमुख हु ह फिङले चौधौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको घोषणा गर्नुभयो। केन्द्रीय प्रचार-प्रसार विभागका उप-प्रमुख, चाइना मिडिना ग्रुपका निर्देशक, चौधौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका अध्यक्ष शन हाई श्योङ, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पैचिङ समितिका उप-सचिव, पैचिङ नगरपालिकाका मेयर, चौधौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका अध्यक्ष यिन योङले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो। 


नौ दिनसम्म चल्ने यस पटकको चौधौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवधिमा “टेम्बल अफ हेभेन पुरस्कार”को वितरण समारोह, पैचिङमा चलचित्रको प्रदर्शन, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चलचित्र महोत्सव लगायत एक सय भन्दा बढी कार्यक्रमहरुको आयोजना गरिने छ।