चिनियाँ बजार धेरैका लागि “मनको लक्ष्य”
2024-04-19 15:59:23CRI
Share with:

चालु वर्षको चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोमा पुराना र नयाँ साथीहरू भेला भएका छन्।  उपभोग्य वस्तु एक्स्पोले अन्तर्राष्ट्रिय स्तरको नयाँ उचाइको सिर्जना गरेको छ। ७१ वटा मुलुक तथा क्षेत्रका ४००० वटाभन्दा बढी ब्राण्डले सहभागिता जनाएका छन्। बेलायत, मङ्गोलिया, मलेशियाआदि मुलुकहरू पहिलो पटक चालु वर्षको उपभोग्य वस्तु एक्स्पोमा सहभागी भएका छन्।

बजार दुर्लभ स्रोत साधान हो। विदेशी उद्योग-व्यवसायका लागि चीनको ठूलो परिमाणको बजारबाट राम्रो आम्दानी कमाउन सकिन्छ। चालु वर्षको पहिलो त्रैमासिक अवधिमा उपभोगको जी.डी.पी.को बृद्धिका लागि दिएको योगदान दर ७३.७ प्रतिशत पुगेको थियो।

विदेशी उद्योग-व्यवसायका आँखामा चिनियाँ बजारले उनीहरूलाई नवप्रवर्तन शक्ति दिएको छ। चालु वर्षको उपभोग्य वस्तु एक्स्पोमा सहभागी व्यापारीहरूले चिनियाँ बजारलाई ब्राण्डको विश्वव्यापी नवप्रवर्तनको इन्जिनका रुपमा राखेका छन्।

चीनको खुला र उत्तम गुणस्तरको व्यापारिक वातावरणले विदेशी उद्योग-व्यवसायका लागि भविष्यको झ्याल खोलेको छ। विदेशी उद्योग-व्यवसायहरूले भनेको कुराझैँ पुराना साथी वा नयाँ साथीका लागि चिनियाँ बजार उनीहरूको “मनको लक्ष्य” हो।