संयुक्त राष्ट्र संघमा पूर्ण सदस्यका लागि प्यालेस्टाइनको आवेदन अस्वीकार गरिएको अमेरिकी निर्णयप्रति चीनद्वारा निराशा व्यक्त
2024-04-19 14:06:38CRI
Share with:

अप्रिल १८ तारिख अपरान्हमा, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिकाको अस्वीकार तथा भिटोका कारण संयुक्त राष्ट्र सङ्घको महासभाले प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यको रूपमा स्वीकार गर्न सिफारिस गर्ने प्रस्तावको मस्यौदा पारित गर्न असफल भएको छ। संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि फूछोङले अमेरिकाको निर्णयबाट चीन निकै निराश भएको व्यक्त गर्नुभएको छ।

हामीलाई विश्वास छ की भविष्यमा प्यालेस्टाइनले संयुक्त राष्ट्र संघमा अरू सदस्य राष्ट्रहरूले जस्तै समान अधिकारहरू उपभोग गर्नेछ। प्यालेस्टाइन र इजरायलबीचमा शान्ति स्थापना हुनेछ र दुई देशका जनताहरू सुखद र शान्तिपूर्ण रूपमा बाँच्नसक्ने छन्। यस दिनको शीघ्र आगमनको लागि चीनले निरन्तर प्रयास गरिरहेको छ र सकारात्मक भूमिका खेलिरहेको छ, फूछोङले बताउनुभयो।