विकसित देशहरूले आफ्नो जलवायु वित्त प्रतिबद्धताहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने
2024-04-20 16:21:31CRI
Share with:

अप्रिल १७ देखि १८ सम्म, जी २०को अध्यक्ष मुलुक ब्राजिलले अमेरिकाको वासिङ्टन डीसीमा जी-२० का वित्त मन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको दोस्रो बैठकको अध्यक्षता गरेको छ। उक्त बैठकमा न्यायोचित संक्रमण र जलवायु लक्ष्यहरूको प्राप्तिको लागि स्थापित वित्तीय ढाँचालाई नयाँ आकार दिने तथा २१ औं शताब्दीसँग अनुकूल अन्तर्राष्ट्रिय वित्तीय संरचनालाई बनाउनेमा केन्द्रित भयो। चिनियाँ अर्थमन्त्री लान फोनले उक्त बैठकमा भाग लिँदै सम्बोधन गर्नुभयो।

लान फोआनले भन्नुभयोः "सबै पक्षहरूले संक्रमण र जलवायुको वित्त परिचालनमा साझा तर फरक जिम्मेवारीको सिद्धान्तको पालना गर्नुपर्दछ र विकसित देशहरूले आफ्नो जलवायु वित्त सम्बन्धि प्रतिबद्धताहरूको यथाशीघ्र कार्यान्वयन गर्नुपर्दछ। साथै विकासोन्मुख देशहरूलाई प्राविधिक र क्षमता निर्माण सहयोग प्रदान गर्नुपर्दछ। चीन 'अझ राम्रो, ठूलो र प्रभावकारी' बहुपक्षीय विकास बैंक निर्माण गर्ने पक्षमा छ। जी २० ले बहुपक्षीय विकास बैंकहरूको समन्वयलाई सुदृढ तुल्याउन, पूँजी वृद्धिमार्फत बहुपक्षीय विकास बैंकहरूको वित्तीय शक्ति अभिवृद्धि गर्न, बहुपक्षीय विकास बैंकको निर्णय प्रक्रियामा विकासोन्मुख देशहरूको आवाज र प्रतिनिधित्वमा सुधार ल्याउन र विश्वव्यापी आर्थिक ढाँचामा आएको परिवर्तन र उदीयमान बजारका राष्ट्रहरूको योगदानलाई प्रतिबिम्बित गर्नुपर्दछ।”