चीन र ग्याबोनका राष्ट्रनायकबीचमा बधाई सन्देश आदानप्रदान
2024-04-20 15:51:12CRI
Share with:

अप्रिल २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ग्याबोनका अन्तरिम राष्ट्रपति ब्राइस गुएमासँग आपसी बधाई सन्देश आदानप्रदान गर्नु भएको छ। दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान भएको हो।

चिनिया राष्ट्राध्यक्ष सी चिनफिङले चीन र ग्याबोनको परम्परागत मित्र हुन् र दुई मुलुकको मित्रता दीर्घकालीन भएको र आधा शताब्दीयता चीन र ग्याबोनले पारस्परिक रुपमा समर्थन दिएका उल्लेख गर्दै द्विपक्षीय सम्बन्धले दुई मुलुकका जनताका लागि वस्तुगत फाइदा पुर्याएको बताउनुभयो। सीले गुएमासँग दुई मुलुकको परम्परागत मित्रतालाई बढाउने, द्विपक्षीय व्यावहारिक सहयोगलाई सबल पार्ने, चीन र अफ्रिकाको उच्च गुणस्तरीय भाग्य समुदायको सिर्जना गर्ने आशा पनि आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।

गुएमाले दौत्य सम्बन्ध स्थापनाको ५० वर्षयता द्विपक्षीय सम्बन्ध स्थिरताका साथ विकास भएको, अर्थतन्त्र, समाज, सैन्यआदि क्षेत्रहरूमा दुई मुलुकको पारस्परिक सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको बताउनुभयो। गुएमाले एक चीनको सिद्धान्त पालना गरिरहेको, थाइवान चीनको अबिच्छिन्न भाग हो भन्ने ठहर लिएको कुरामा जोड दिनुभयो।