विश्व बैंकले लगानीको वृद्धिमा व्यावहारिक कदम चाल्नुपर्ने चिनियाँ अर्थ मन्त्रीको भनाइ
2024-04-20 16:33:42CRI
Share with:

अप्रिल १९ तारिख विश्व बैंकले विकास समितिको १०९ औं बैठकको आयोजना गरेर विश्व बैंकको सुधारको व्यावहारिक प्रगतिलगायत विषयबारे छलफल गरेको छ। चिनियाँ अर्थमन्त्री एवम् विश्व बैंकमा चिनियाँ निर्देशक लान फोआनले बैठकमा भाग लिएर सम्बोधन गर्नुभएको छ।

अर्थ मन्त्री लान फोआनका अनुसार, विश्व बैंकले लगानीको वृद्धिमा व्यावहारिक कदम चालेर पूँजी क्षमतालाई सबल पार्नुपर्छ। साथै विश्व बैंकले व्यवस्थाको सुधारलाई गहन पार्दा शेयरहोल्डिंग असन्तुलित समस्याको समाधान गरेर नयाँ उदियमान बजार र विकासुन्मुख देशको आवाज र प्रतिनिधित्वलाई क्रमशः बढाउनुपर्छ। विश्वको अर्थतन्त्रको पुनर्त्थान गर्न विश्व बैंकले परियोजनामा लगानीलाई विस्तार पार्नु, प्रभावकारी माग बढाउनुका साथै व्यापार तथा लगानीको स्वतन्त्रतालाई सक्रिय रूपमा बढाएर विश्वव्यापी उद्योग शृङ्खला तथा आपूर्ति शृङ्खलाको खुलापन तथा स्थिरताको संरक्षण गर्नुपर्छ।

चीनले विश्वसँग विकास अवसर र लाभ बाँडेर विश्वको गरिबी निवारण र विकास कार्यमा अझ बढी योगदान दिने इच्छा राखेको अर्थमन्त्री लानले व्यक्त गर्नुभएको छ।