सुरक्षा मामिला उच्च प्रतिनिधिहरूको १२ औं अन्तर्राष्ट्रिय सम्मेलनमा चीन सहभागी हुने
2024-04-20 16:14:37CRI
Share with:

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा केन्द्रीय राजनीतिक तथा कानुनी मामिला आयोगका सचिव छेन वनछिङले सुरक्षा मामिला उच्च प्रतिनिधिको १२ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुहुने छ र अप्रिल २० देखि २८ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अप्रिल १९ तारिख दिनुभएको हो।