चिनियाँ अनुभव श्रीलङ्काको कृषि विकासमा सहयोगी
2024-04-20 19:23:27CRI
Share with:

हालै श्रीलङ्काका प्रधानमन्त्री गुणवर्धनेले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभयो। बितेका वर्षहरूमा श्रीलङ्का सरकारले चीनसँग वैज्ञानिक र प्राविधिक सहयोगलाई बढी जोड दिँदै आएको छ। श्रीलङ्काको मत्स्यपालन, कृषि लगायतका क्षेत्रमा चिनियाँ विज्ञान र प्रविधिले ल्याएको विकासक बारेमा कुरा गर्दै श्रीलङ्काका प्रधानमन्त्री गुणवर्धनेले भन्नुभयोः कृषि क्षेत्रमा चीनले धेरै अनुसन्धान गरेको छ चीनको कृषि उत्पादकत्व धेरै उच्च छ। यो उच्च उपज कृषि निर्माण गर्न र लगानीका नयाँ क्षेत्रहरू खोल्ने सम्बन्धमा हाम्रा किसान र उद्यमीहरूका लागि राम्रो उदाहरण हो चीनमा उच्च उपज दिने प्रजातिहरूको अनुसन्धान र विकासक लागि धेरै कृषि अनुसन्धान केन्द्रहरू पनि स्थापित भएका छन्। श्रीलङ्का र चीनबीचको घनिष्ठ सहकार्यले पक्कै पनि आर्थिक समृद्धिलाई बढाउने छ। श्रीलङ्का चीनसँग सहकार्य गर्न इच्छुक रहेका धेरै देशहरूमध्येको एक हो। यस्ता सहकार्यले हाम्रो देशमा विशेष गरी धान खेतीमा कृषिको विकासमा सहयोग पुर्याउनेछ र लागत घटाउँदै हाम्रो उत्पादन क्षमता बढाउँदै आयस्तर उकास्न मद्दत गर्नेछ।