वाङ यी र पपुवा न्यु गिनीका विदेश मन्त्री ताकाचेन्कोबीच भेटवार्ता
2024-04-21 16:10:21CRI
Share with:

स्थानीय समय अनुसार अप्रिल २० तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले मोरेस्बी वन्दरगाहमा पपुवा न्यु गिनीका विदेश मन्त्री जस्टिन ताकाचेन्कोसँग  भेटवार्ता गर्नुभएको छ।

वाङ यीले पपुवा न्यु गिनी “बेल्ट एण्ड रोड”को साझा निर्माणको महत्वपूर्ण सहयोगात्मक साझेदार रहेको बताउँदै लगातार दुई पटकसम्म “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सहभागी भएको उल्लेख गर्नुभयो। चीनले पपुवा न्यु गिनीसँग उच्च स्तरको आदान-प्रदान गर्ने, स्वतन्त्र व्यापारको सम्झौतासम्बन्धी वार्ता तीब्र पार्ने पनि उहाँले बताउनुभयो।

ताकाचेन्कोले पपुवा न्यु गिनी सरकारले एक चीनको नीतिलाई पालना गरिरहने, पपुवा न्यु गिनीले हाल बाढी प्रकोपको चीनले सहयोग गरेकामा कृतज्ञाता ज्ञापन गर्नुभयो।