विश्वका १० मध्ये ९ जना उत्तरदाताद्वारा विश्वव्यापी हरित विकासमा चीनको योगदानको प्रशंसा
2024-04-21 10:14:48cri
Share with:

चीनको नयाँ ऊर्जा वाहनहरू, लिथियम ब्याट्रीहरू र फोटोभोल्टिक उत्पादनहरूले विश्व बजारमा व्यापक रूपमा फैलिरहेको समयमा, चीनको नयाँ ऊर्जा उत्पादित वस्तुहरूको "ओभरक्यापेसिटी" को भनाइ उडिरहेको छ। यद्यपि, चाइना मिडिया ग्रुपको सीजीटीएनले हालै गरेको एक विश्वव्यापी सर्वेक्षणले देखाएअनुसार, विश्वव्यापी सर्वेक्षणमा सहभागी ८८.६२ प्रतिशत उत्तरदाताहरूले विश्व अर्थतन्त्र र विश्वव्यापी हरित विकासमा चीनको नयाँ ऊर्जा उद्योगको योगदानलाई मान्यता दिएका छन्।

सर्वेक्षणका अनुसार, विश्व बजारमा अझै पनि नयाँ ऊर्जा प्रविधि र उत्पादनको ठूलो माग र सम्भावना रहेकाले ' ओभरक्यापेसिटी' बारे आक्षेप आधारहिन रहेको विश्वका उत्तरदाताका ८४.८६ प्रतिशतले बताएका छन्। सर्वेक्षणमा, उत्तरदाताहरूका ८५.७१ प्रतिशतले विश्वास गर्छन् कि प्राविधिक नविनतालाई गति दिनु र बजारमा प्रतिस्पर्धालाई पूर्ण रूपमा उत्प्रेरित गर्नु नै नयाँ ऊर्जाको स्वस्थ र द्रुत विकासलाई बढाउने कुञ्जी हो। यसबाहेक, उत्तरदाताहरूमध्ये ८८.४६ प्रतिशतले विश्वास गरेका छन् कि विश्वव्यापीकरणको युगमा विभिन्न देशहरूका फरक फरक तुलनात्मक फाइदाहरू छन् र सहयोगलाई सुदृढ पार्नु नै समस्याहरू समाधानको कुञ्जी हो।

सीजीटीएनको अंग्रेजी, स्पेनिश, अरबी, फ्रेन्च र रुसी प्लेटफर्ममा जारी गरिएको सर्वेक्षणमा २४ घण्टाभित्र ५,४७० विदेशी नेटिजेन्सले भाग लिँदै आफ्नो विचार व्यक्त गरेका छन्।