"दक्ष व्यक्ति कार्यमा सी चिनफिङको प्रवचनका अंशहरू" प्रकाशित
2024-04-21 16:18:11CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी इतिहास र सामग्री अनुसन्धान संस्थानद्वारा सम्पादित "दक्ष व्यक्ति कार्यमा सी चिनफिङको प्रवचनका अंशहरू" पुस्तक हालै केन्द्रीय सामग्री प्रकाशन गृहद्वारा प्रकाशित भएर चीनभरि वितरण गरिएको छ। 

सो पुस्तकलाई ७ वटा मुख्य विषयहरूमा विभाजन गरिएको छ। जसमा २४८ अनुच्छेदहरू छन।  सन् २०१२ को डिसेम्बरदेखि सन् २०२४ को मार्च सम्म कमरेड सीका प्रतिवेदनहरू, भाषणहरू, निर्देशनहरू, बधाई सन्देशहरू र जवाफहरूसमेत ११० भन्दा बढी महत्त्वपूर्ण सामग्रीहरू सङ्कलन गरिएको छ। तीमध्ये केही विषय पहिलो पटक प्रकाशित भएका हुन्।