पश्चिमी प्रशान्त महासागर नौ सेना मञ्चको १९ औँ वार्षिक सम्मेलन
2024-04-22 19:04:00cri
Share with:

पश्चिमी प्रशान्त महासागर नौ सेना मञ्चको १९ औँ वार्षिक सम्मेलन अप्रिल २२ तारिख चीनको शान तोङ प्रान्तको छिङ ताउमा शुरू भएको छ। चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष चाङ यौ स्याले सो सम्मेलनमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा उपाध्यक्ष चाङले चीनले निरन्तर रूपमा मानव जाति भाग्य एकरूपताको स्थापना गर्ने महत्वपूर्ण विचारधारालाई कायम राख्नुका साथै विश्वव्यापी विकास प्रस्ताव, विश्वव्यापी सुरक्षा प्रस्ताव र विश्वव्यापी सभ्यता प्रस्तावलाई व्यवहारमा उतार्दै अझ सक्रिय र खुलस्त धारणा लिएर अन्तर्राष्ट्रिय सैनिक सहकार्यमा सहभागी भई विश्व शान्ति र विकासलाई अघि बढाउने नयाँ अध्याय लेख्दै जाने कुरा औँल्याउनुभएको छ।

 

चिनियाँ नौ सेनाले सन् २०१४ यता पुन: एकपल्ट पश्चिमी प्रशान्त महासागर नौ सेना मञ्चको वार्षिक सम्मेलनको आयोजना गरेको हो। यस सम्मेलनमा जम्मा २९ वटा मुलुकका नौ सेनाका प्रतिनिधि मण्डलहरूको सहभागिता रहेको छ।