चीनमा रेल र राजमार्गमा सुरुङको दूरी ५० हजार किलोमिटर भन्दा बढी
2024-04-22 19:06:09cri
Share with:

"सुरुङले जीवनलाई राम्रो बनाउँछ" शीर्षकमा विश्व सुरुङ एक्स्पो २०२४ अप्रिल २२ तारिख चीनको शनचन शहरमा सुरू भएको छ। यस पटक एक्स्पोको मापन र सहभागीहरूको संख्याले नयाँ उचाइ प्राप्त गरेको देखिन्छ। विगत ३४ वर्षपछि दोस्रो पटक सो एक्स्पो चीनमा आयोजना गरिएको हो।

 

हाल चीनले ८५४३ किलोमिटरको सबवे र ५० हजार किलोमिटर रेल तथा राजमार्गमा सुरुङहरूको निर्माण गरेको छ। चीनको सुरुङको संख्या र निर्माण लम्बाई विश्वमा सबैभन्दा ठूलो छ र विकासको गति सबैभन्दा छिटो भएको देश बनेको छ।