उज्वेकिस्तानकी विद्यार्थी फारानगीजको चीन बसाइको कथा-२
2024-04-22 09:23:42cri
Share with:

 

धेरै वर्षसम्मको अथक प्रयासपछि सन् २०२१ मा उहाँले चीनको केन्द्रीय जातिय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय शिक्षा विषयमा पढ्ने मौका पाउनुभयो।

 

चीनमा मैले पहिलोपटक साँचो आधुनिक शहर देखेँ। अग्लो भवन, व्यस्त सडक तथा उन्नत विज्ञान तथा प्रविधि निकै उत्कृष्ठ छ। मैले धेरै उत्साह तथा मैत्रीपूर्ण चिनियाँ साथीहरु भेटेँ। उहाँहरुको सहयोगबाट मैले न्यानो तथा ढुक्कको अनुभव गर्न पाएँ। यी अनुभवहरुबाट मैले यस सुन्दर मुलुकलाई अरु बढी माया गरेकी छु।

 

फारानगीजले कविता जस्तै भाषामार्फत चीन तथा चिनियाँ संस्कृतिप्रति आफ्नो माया व्यक्त गर्नुभयो।

 

चीन साँच्चै आकर्षक छ। शानदार निषिद्ध दरबार, रहस्यमय तथा शान्तिपूर्ण टेम्पल अफ हेभेन, सुन्दर ग्रीष्मकालीन दरबार र मनोहर हु थोङ मेरो मनमा प्रकाशजस्तै रंग परेको छ। म यो ठाउँलाई धेरै मन पराउँछु, मलाई धेरै खुसी लाग्छ। प्राचीन कालका चिनियाँहरु निकै बुद्धिमान थिए। म कन्फ्युसिय विचारको आनन्द लिन्छु। त्यसले मानिसहरु बीचको सम्बन्ध, उदारता तथा मेलमिलाप र आफूलाई गर्न मन नलाग्ने कुरा अरुलाई पनि नलगाउने भन्ने विचारलाई महत्त्व दिन्छ। जसबाट चिनियाँहरुको सदगुण र अरुको सम्मान गर्ने विशेषता देखिन्छ। समृद्ध तथा शक्तिशाली बन्ने चीनको बाटोमा सधैँ सांस्कृतिक शक्ति देखिन्छ भन्ने मलाई लाग्छ।

 

ज्वेकिस्तान मध्य एसियाको केन्द्रमा अवस्थित छ। त्यहाँ पूराना इतिहास तथा संस्कृति र धेरै पूरातात्विक वस्तु तथा दृश्यावलोकन स्थलहरु छन्। ज्वेकिस्तान प्राचीन रेशम मार्गको निर्णायक स्थल तथा विभिन्न संस्कृति मिसिएको ठाउँ थियो। हाल बेल्ट एण्ड रोड को संयुक्त निर्माण विषयक प्रस्तावको प्रारुपमा चीन र उज्वेकिस्तान बीचको आर्थिक तथा व्यापारिक सम्बन्धको तीव्र विकास हुँदै आएको छ। दुई देश बीचको सम्बन्ध निरन्तर रुपमा अझ उच्च स्तरमा पुग्ने फारानगीजले अपेक्षा गर्नुभयो।

 

बेल्ट एण्ड रोड को निकै गहिरो अर्थ रहेको छ। त्यो हजारौँ वर्षदेखि हाम्रो मित्रताको निरन्तरता हो। अहिले ज्वेकिस्तान र चीन बीचको सम्बन्ध पनि नयाँ युगमा सर्वोतोमुखी रणनीतिक साझेदारी सम्बन्धको स्तरमा पुगेको छ। आर्थिक क्षेत्रमा दुई देशले व्यापारको विस्तार गर्न सक्ने आशा मैले राखेकी छु। सांस्कृतिक क्षेत्रमा दुवै पक्षले अरु बढी आदान-प्रदान गर्न सक्ने र दुई देशका जनता बीच अरु बढी जानकारी मिल्न सक्ने आशा मैले राखेकी छु। शैक्षिक क्षेत्रमा दुई देशले शिक्षाको स्रोत बाँडेर अरु बढी योग्य व्यक्तिहरुलाई हुर्काउन सक्ने आशा मैले गरेकी छु। जसबाट चीन र उज्वेकिस्तान बीचको सम्बन्ध अझ सुमधुर हुने र दुई मुलुकसँगै मिलेर समृद्ध हुने छन्।