‘आशियान मित्रतासँगै चीन देखाउने’शीर्षकको चित्र प्रदर्शनी सान या शहरमा सुरु
2024-04-23 16:56:07cri
Share with:

 

अप्रिल २३ तारिख सान या शहरमा चाइना मिडिया ग्रुपद्वारा आयोजित‘आशियान मित्रतासँगै चीन देखाउने’शीर्षकको चित्र प्रदर्शनी सुरु भएको छ। चाइना मिडिया ग्रुपको सीजीटीएन र आशियानका ९ देशबाट आएका ११ वटा मुख्य सञ्चारमाध्यमका पत्रकारहरू सो कार्यक्रमको उद्घाटन समारोहमा सहभागी भएका छन्।

 

चाइना मिडिया ग्रुपको एसियाली तथा अफ्रिकी भाषाको कार्यक्रम विभागका उपनिर्देशक चाङ हुवैले उक्त उद्घाटन समारोहमा मन्तव्य राख्दै‘आशियान मित्रतासँगै चीन देखाउने’कार्यक्रममार्फत चीन र आशियान मुलुकबीच सञ्चारमाध्यमको सहकार्यलाई अझ प्रवर्द्धन गर्नसक्ने आशा लिनुभयो। धेरै भन्दा बढी दक्षिणपूर्वी एशियाली दर्शकहरूलाई चीनको वास्तविक अनुहार देखाउने तथा साझा भविष्यको साथमा निकट चीन-आशियान समुदाय निर्माण गर्न मिडियाकर्मीहरूले आफ्नो शक्तिमार्फत् योगदान गर्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो।