#अल्पसंख्यक जाति# तिब्बती लिन्चमा आरु फूलको अर्थतन्त्र
2024-04-23 09:22:51cri
Share with:

 

वार्षिक तिब्बती लिन्च सहरमा आरुका फूल पर्यटन तथा सांस्कृतिक महोत्सव सुरू भएको छ। विशेषतायुक्त आरु फूलको प्रयोग गर्दा लिन्चको आरु फूल अर्थतन्त्र स्थानीय किसानले य बढाउने महत्वपूर्ण मञ्च बनेको छ। जको अल्पसंख्यक जाति कार्यक्रममा मैले तिब्बती लिन्च आरु फूल पर्यटन तथा सांस्कृतिक महोत्सवबारे जानकारी दिनचाहन्छु।

तिब्बती लिन्च शहरीय पायी क्षेत्रीय गाला गाउँमा १८ हेक्टरको आरु पार्कमा कोही मान्छे सफा गर्दै छन्, कोही पर्यटकका लागि घोडाको नेतृत्व गर्नुका साथै फोटो खिच्दै छन्, र कोही यातायात प्रहरीला सहयोग गर्दै छन्। आरु पार्कबाहिर नियाङ नदीको किनारामा कोही मान्छेले गीत गाउँदै वृक्षापण गरेका छन्।

 

“पार्कमा काम गर्ने मान्छे मजस्तै किसानहरू हुन्।” निमाछ्युचीले भन्नुभयो। उहाँको कार्य योजना यसरी –गत साता नदीको किनारामा आरु रोपेको, यस साता आरु पार्कमा सफा गरेको हो। 

 “हामीले गाउँलेहरूला चार दल विभाजन गरेर ड्युटी अनुसूचीको योजना गरेका छँ। कार्य धेरै छ। हाम्रा ३३ परिवारका १४८ जना भएता पनि पुग्दैन।” गाउँ समितिका उपप्रमुख निमातोचीले चर्चा गर्नुभयो। तत्काल निमातोचीले स्थानीय पोशाक लगाएर बाणहरू मिलाउनु हुँदैछ। “ज मेरो तीरन्दाजी दायराको ट्युटी हो। भर्खरै पर्यटकले यसको अनुभव गरेका छन्।”

 

निमातोचीको जानकारीअनुसार, नदी तटवर्ती क्षेत्रको पर्यावरणीय पुनर्निर्माण चालु वर्षको नयाँ परियोजना हो। हरेक दिन रूपको रोपणबाट २६० युआन कमाउन सकिन्छ। आरु पार्कमा गाउँबाट सञ्चालित कार्यक्रमको आम्दानी आफैँले लिने र लाभांशमा भाग लगाउनु पर्दैन। पार्क टिकटको आम्दानी लाभांशमा भाग लगाउनु पर्छ।

 

सन् २०२३ मा गाला गाउँअवस्थित आरु पार्कमा घुम्ने पर्यटकको संख्य १ लाख १० हजारभन्दा बढी हुनुका साथै टिकट र अन्य उपभोगको म्दानी ३४ लाख १० हजार युनभन्दा बढी पुगेको थियो। गत महिना गाला गाउँले कुल ३८ लाख ६ हजार युनको लाभांश वितरण गरेको छ। हरेक परिवारले १ लाख १४ हजार युनको लाभांश पाएको छ।

नियाङ नदीको  तल्लो भागमा पर्ने लिन्च शहरीय पायी क्षेत्रीय बुच्यु बस्ती तोताङ गाउँमा ३००० आरु फुलेका छन्। पर्यटकहरू मन पर्ने तिब्बती पोशाक छानेर पर्यटकीय क्षेत्रमा प्रवेश गरेका छन्।

 

“पर्यटकले निशुल्क रूपमा पोशाक लगाएर तोताङ आरु पार्कमा घुम्न सक्छन्। यो हामीले गाउँमा आरु यात्रका लागि थपेको नयाँ सेवा हो।” पर्यटकीय क्षेत्रका जिम्मेवार व्यक्ति छन ल्याङले जानकारी दिनुभयो। छन ल्याङ कार्यरत कम्पनीले बुच्यु बस्तीमा गुलाब बगैचा, ब्लुबेरी पार्क दिको निर्माण गरेर कृषि कार्य, पर्यटन, टिप्ने र संशोधनमार्फत् स्थानीय पर्यटनमा नयाँ विषय थपेको छ।

 

सन् २०२३ मा पातपतिङ्गर उखेल्ने, मल हाल्ने, प्रुनिंग गर्ने, टिप्ने कार्यमा पर्यटकीय क्षेत्रले ५० जनाभन्दा बढी गाउँलेला रोजगार दिएको छ। “दीर्घकालीन कर्मचारीको वार्षिक मजदूरी ४० हजार युनभन्दा बढी पुगेको छ। दैनिक कर्मचारीको मजदूरी १५० युन हो। हामीले अझ बढी गाउँलेला जन्मथलोमा रोजगारी गर्न कर्षण गर्ने शा गर्छं।” छन ल्याङले भन्नुभयो।

 

लोसोङतुनचु लिन्च शहरीय पोमी बस्ती गुथुङ गाउँको गाउँले हुनुहुन्छ। त्यहाँ ३ होमस्टे छन्। लोसोङतुनचुले गाउँमा सबैभन्दा ठूलो होमस्टे सञ्चालन गर्नुभएको छ। होमस्टेमा ७ कोठा छन्। हाल पर्यटकला तिब्बती पोशाक र तिब्बती भजनको अनुभव सेवा पनि दिएको छ। “आरु फुलेको बेला सबै कोठामा पर्यटक बस्छन्।” लोसोङतुनचुले भन्नुभयो।