कम्बोडियाका प्रधानमन्त्री हुन्मानेट र चीनको परराष्ट्र मन्त्री बाङ यीबीच भेटवार्ता
2024-04-23 10:46:32CRI
Share with:

अप्रिल २२ तारिख, कम्बोडियाका प्रभानमन्त्री हुन्मानेटले नोन्पेन्हमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा परराष्ट्र मन्त्री बाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भन्नुभयोः कम्बोडिया सरकारले अवधि बदलिएपछि सफलताका साथ सुरु गरेर, सकारात्मक काम गर्दै, अर्थतन्त्र तीव्र र स्थिर रूपमा विकास गर्दै गएको छ। उहाँले जनताको जीवन सुधार हुँदै गएको छ र अन्तर्राष्ट्रिय समाजमा कम्बोडियाको स्थान अघि बढाएको उल्लेख गर्नुभयो। यसका साथै, कम्बोडियाको साथीका रूपमा चीनलाई सच्चै खुशी लागेको र कम्बोडियाका प्रधानमन्त्री आफैँले उत्तराधिकार प्राप्त गर्नुभएपछि पहिलो भ्रमणमा चीनलाई छनोट गर्नुभएको नेता वाङले बताउनुभयो। तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सहभागी हुनुभएको स्मरण गर्दै चीन-कम्बोडियाबीचको सम्बन्धमा सक्रिय भूमिका खेलेको र यसबाट चीनसँगको सहयोग अघि बढाउने दृढ इच्छा देख्न सकिने उहाँले स्पष्ट पार्नुभयो।

सो क्रममा बाङ यीले भन्नुभयो, चीन - कम्बोडिया साझा भविष्य समुदायको निर्माणलाई नयाँ युगमा बढाउनका लागि गत वर्ष चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तपाईसँग दुई पटक भेटघाट गर्नुभएको हो। दुई पक्षले दुई देशका नेतहरूबीचमा भएको महत्तवपर्ण सहमतिलाई कार्यान्वयन गर्दै जाने उल्लेख गर्दै आधारभूत पूर्वाधार र क्षमता सहयोग लगायतका महत्तवपूर्ण परियोजनाको निर्माणले दुई देशका जनतालाई ठोस लाभ दिने कुरामा वाङ यीले जोड दिनुभयो। चीनलाई कम्बोडियासँग नयाँ साझा भविष्य समुदाय बनाउने परियोजनालाई कार्यान्वयन गर्ने, आपसी विश्वास र समर्थन गर्ने बताउँदै सहकार्य प्रगाढ बनाउने चीनले इच्छा लिएको उल्लेख गर्नुभयो।