सी चिन फिङद्वारा पहिलो "चीन-ल्याटिन अमेरिका र क्यारिबियन देशहरू बीचको अन्तरिक्ष सहकार्य मञ्च" लाई बधाई
2024-04-24 17:04:42cri
Share with:

अप्रिल २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पहिलो "चीन-ल्याटिन अमेरिकी र क्यारिबियन देशहरू बीचको अन्तरिक्ष सहकार्य मञ्च" लाई बधाई पत्र पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले दुई पक्षीय जनताहरूको फाइदाका लागि चीन-ल्याटिन अमेरिका उच्चस्तरीय अन्तरिक्ष सहकार्य साझेदारी निर्माण गर्ने, अन्तरिक्ष प्रविधिको प्रवर्द्धन गर्ने र चीन-ल्याटिन अमेरिकी साझा भविष्यको समुदायको निर्माणलाई प्रवर्द्धन गर्नका लागि पहिलो चीन-ल्याटिन अमेरिका अन्तरिक्ष सहकार्य मञ्चमार्फत ल्याटिन अमेरिकी र क्यारिबियन देशहरूसँग मिलेर प्रयास गर्न इच्छुक रहेको बताउनुभयो।

 

सोही दिन पहिलो "चीन-ल्याटिन अमेरिका र क्यारिबियन देशहरू अन्तरिक्ष सहकार्य मञ्च" हु पेई प्रान्तको वुहान शहरमा शुरू भएको छ जसलाई चीनको राष्ट्रिय अन्तरिक्ष विभाग र हु पेई प्रान्तीय जनसरकारले सह-प्रायोजन गरेको छ।