《श-लाङ्ग आफ्नी आमालाई हेर्न गएको कथा》-1
2024-04-24 10:42:09cri
Share with:


   दशौंदेखि बाह्रौं शताद्बिसम्म उत्तर-पूर्वी चीनमा एक अप्पसंख्यक जातीय सत्तालिआउर चीनको मुख्य र ठूलो सत्ता सुन वंश थियो।
लिआउसरकार पटक-पटक सुन वंशमाथि आक्रमण गर्नेगर्थ्यो। दुइवटा राज्य बीच सधैं युद्ध भइरहन्थ्यो।

     
सुन वंशमा एउटा याङ्ग परीवार थियो। त्यस परीवारका बा, आमा र आठजना छोरा सबै सैनिक थिए र तिनिहरु ज्यादै शुर-बीर थिए।

     
एक पटकलिआउसत्ताका शासकले सुन वंशका सम्राटलाईलिआउको भू-भागमा आई सम्झौता गर्न निम्ता पठाएका थिए। यो कुरा सक्कली कि नक्कली भन्ने कुरा थाहा नभएको अवस्थामा सुन वंशका सम्राटको सट्टामा याङ्ग परीवारका जेठा छोरा सम्राटको नाममालिआउको भू-भागमा सम्झौता गर्न गएका थिए। याङ्ग परीवारका अन्य सातजना भाइ जेठा दाजुको सुरक्षा गर्न सँगसँगै लिआउगएका थिए।


लिआउको सेनाले लुकिछिपि याङ्ग परीवार लिआउजाने बाटोमा तीनीहरुमाथि आक्रमण गरे। सो दुर्घटनामा याङ्ग परीवारका तीनजना छोरा मरे र एकजना छोरो श लाङ्ग पक्राउ परे। श लाङ्ग आफ्नो साँच्चै नाम लुकाएर अर्को थरमु यीराखिएको कारण मारिएका थिएनन।

      “
लिआउसत्ताकी साम्राज्ञी सिआउले मु यी राम्रो र शक्तिशाली मानिस हो भन्ठानेर आफ्नी छोरी राजकुमारीको विवाह मुयीसँग गराइदिएकी थिइन्। मु यी दम्पत्ति बीच राम्रो माया-प्रिति थियो। पछि मु यीको छोरो पनि जन्म्यो।


 

      सुन वंश र लिआउसत्ता बीच बारम्बार युद्ध भइरह्यो। पन्ध्र वर्षपछिलिआउसत्ताले सुन वंशको राज्यमाथि फेरि आक्रमण गरिरहेको बेलामा याङ्ग श लाङ्ग र राजकुमारी पनि साम्राज्ञीका साथमा युद्बको मोर्चामा पुगेका थिए। सुन वंशका मार्शल याङ्ग श लाङ्गका भाइ याङ्ग लिउ लाम नै हो। याङ्ग श लाङ्गकी आमा श थाइ च्यून् पनि सेनामा सेवा गर्न मोर्चामा आएकी थिइन।

     
याङ्ग श लाङ्गलाई सुन वंशको सैनिक शिविरमा आफ्नी आमासँग भेट्न मन लाग्यो। तर सम्राट सिआउसँग भएको काठबाट बनाएको पाटी हासिल नगरी सैनिक मोर्चा पार गर्न सकिंदैनथे। याङ्ग श लाङ्गलाई दिक्क लाग्यो। उनकी श्रीमती अर्थात् राजकुमारीले तिनीलाई धेरै पटक सोधपुछ गरेपछि याङ्ग श लाङ्गले भन्यो- म सुन वंशका जनरल हुँ। मेरो थर याङ्ग हो। मलाई सुन वंशको सैनिक शिविरमा गएर आफ्नी आमासँग भेट्ने मन लागेको छ। म तपाईंको मद्दत चाहन्छु। मायालु राजकुमारीले उनलाई सघाउनका लागि सम्राट सिआउको काठ-बोर्ड चोर्न स्विकार गरिन्। याङ्ग श लाङ्गले आफू छिटै फर्कने वचन दिएर गयो।