राष्ट्राध्यक्ष सी चिनफिङद्वारा स्थल चिकित्सा विश्वविद्यालयको निरीक्षण
2024-04-25 14:31:45cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य योगका अध्यक्ष सी चिनफिङले अप्रिल २३ तारिख स्थल चिकित्सा विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ।

 

सो अवसरमा सी चिनफिङले नयाँ युगमा सेनालाई बलियो बनाउने सोचलाई राम्रोसँग लागू गर्नुपर्ने भन्दै नयाँ युगमा सैन्य शिक्षा नीति व्यापक रूपमा लागू गरी युद्ध, सेना, भविष्य उन्मुख भएर शिक्षा र चिकित्सा सहायता क्षमताको स्तर सुधार गर्नुका साथै विश्व-स्तरीय सैन्य चिकित्सा विश्वविद्यालय निर्माण गर्न प्रयास गर्नुपर्ने दोहोर्याउनुभयो।

 

स्थल चिकित्सा विश्वविद्यालय चिनियाँ सेनाको उच्च शिक्षा संस्थान भएको बताउँदै सी चिनफिङले समस्त सैन्य चिकित्सा सेवा प्रणालीमध्येको महत्वपूर्ण अंश रहेको कुरामा जोड दिनुभयो। चिकित्सा संरक्षणका विभिन्न कार्यको निर्माणला अघि बढाएर सेनाको लडाईँ प्रभावकारितालाई अफिसर र सैनिकको शारीरिक र मानसिक स्वास्थ्य सेवा गर्नुपर्ने पनि उहाँले निर्देशन दिनुभयो।