"अधिक क्षमता"बारे चीनको परराष्ट्र मन्त्रालयको प्रतिक्रिया
2024-04-25 14:30:39cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले २४ तारिख योजित पत्रकार सम्मेलनमा पत्रकारका सम्बन्धित प्रश्नको जवाफ दिनुभएको छ। एकजना पत्रकारका अनुसार हाल जी-७ विदेशमन्त्री बैठकले संयुक्त वक्तव्य प्रकाशित गरी चीनको "गैर-बजार नीति र अभ्यासबाट अत्यधिक क्षमता निम्त्याइएको" उल्लेख गरेको छ। त्यसका अलावा अमेरिकाले विदेशमन्त्री ब्लिन्केनले चीन भ्रमण अवधिमा "अधिक क्षमता"बारे चीनसँग कुराकानी गर्ने जानकारी दिएको छ।

 

यसबारे प्रवक्ता वाङ वनपिनले हाल केही पश्चिमा मुलुकले चीनको "अधिक क्षमता"को निन्दा गरिरहेको भन्दै यस प्रकारको प्रचारको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभयो र चीनले त्यसको कडा विरोध गरेको जानकारी दिनुभयो।

 

उहाँले वर्तमान विश्वसमक्ष देखा परेको प्रमुख समस्या नै नवीन ऊर्जाको "अधिक क्षमता" होइन तर गम्भीर अभाव हो भन्दै चीनको नयाँ र्जा उद्योग तीव्र गतिले विकास हुनु र्थिक तथा बजार नियमअनुकूल रहेको तर अनुदानको परिणाम होइन भन्ने कुरा दोहोर्याउनुभयो। चीनको नवीन र्जा उद्योगला "अधिक क्षमता" को टोपी लगाउनु नै संरक्षणवाद भएको कुरामा पनि उहाँले जोड दिनुभयो।