चीनमा अध्ययनरत प्यालेष्टिनी केटी घायदाको जीवन
2024-04-26 09:19:09cri
Share with:

 

चालू वर्ष २१ वर्षीय घायदा प्यालेष्टाइनबाट आएकी हुन्। हाल उनी पैचिङ भाषा विश्वविद्यालयको चिनियाँ भाषा विषयक विद्यार्थी हुन्। बुबाक प्रभावका कारण घायदाले सानो उमेरदेखि नै चीनप्रति चासो लिइन्। चीनको विकास मौका, चिनियाँहरूको मित्रता र उत्साहका कारण घायदा चीन गइन्। चीन पुगपछि उनले चीनलाई माया गरेकी छिन्। घायदा भन्छिन् अध्ययन गर्न चीन छानेको कारण चीन एक महान् देश हो। चिनियाँ जनताहरू निकै मैत्रीपूर्ण न्। चीनमा मैले विकासको मौका पाउनसक्छु।

 

घायदाका बुबा अवकाशअघि पत्रकार हुनुहुन्थ्यो। उहाँले चीनमा धेरै वर्षसम्म काम गर्नुभयो। घायदाकाअनुसार, बुबाको प्रभाव परेका कारण उनले सिक्न र बस्न चीन आउने अपेक्षा लिइन्। उनी भन्छिन् मेरो विचारमा म बुबाबाट प्रभावित भएँ। बुबा चीनमा पन्ध्र वर्षसम्म बस्नुभयो। उहाँले सधैं नै चीनमा काम गर्नुभयो। बुबाले हामीलाई चीनको ऐतिहासिक कथा सुनाउनुभयो। सानो उमेरमा मैले बुबाले कथा भनेको सुनेँ। मेरो जीवनको सबैभन्दा ठूलो सपना चीनमा जीवन बिताउनु हो।

 

चीनको विद्यालयमा प्रवेश गरेको शुरूमा घायदाको चिनियाँ बोल्ने स्तर त्यति उच्च थिएन। हाल उनले चिनियाँ भाषा फरर बोल्नसक्छिन्। घायदा भन्छिन् शुरुमा मैले एक दिन पाँच घण्टा मात्रै सुनेँ। मैले चिनियाँ भाषा लेख्न र बोल्न प्रयास गरेँ। किनभने चिनियाँ भाषा अरबी भाषाभन्दा फरक छ। त्यसैले मैले राम्रोसँग चिनियाँ भाषा सिक्न प्रयास गरेँ।

 

घायदाले चीनमा रहँदाको जीवन क्रमशःसुनाइन्। उनका आँखामा चीन विकसित अर्थतन्त्र, सुविधाजनक यातायात, गहिरो सँस्कृति, प्रशस्त श्रोतसधान रहेको शहर हो। तर पैचिङमा उनले धेरै उत्साह र मित्रताको अनुभव गरिन्। उनी भन्छिन् पैचिङमा मैले म एक अपरिचित देशमा रहेको महसूस गरेको छैन। चिनियाँहरू मैत्रीपूर्ण न्। चीनमा जीवन बिताउन सुविधाजनक छ। मोबाइलद्वारा मैले खाना डेलिभरी अर्डर गर्नसक्छु। शिक्षकशिक्षिकाले हाम्रो सिकाईमाथि ध्यान दिनुहुन्छ। उहाँहरूले हामीलाई चिनियाँ भाषा सिक्न प्रोत्साहन गर्नुहुन्छ। मेरो विचारमा भविष्यमा मैले चीनमा निरन्तर रुपमा सिक्ने होला। मौका मिलेमा मैले चीनमा काम गर्ने र घरजम गर्ने योजना बनाएँ।

 

घायदाले बुबाले भनेको कुरा सुनेअनुसार, प्यालेष्टाइन र चीनले लामो समययता मैत्रीपूर्ण सम्बन्ध गाँसेका थिए। उनले अझै धेरै प्यालेष्टिनीहरूले चीनबारे जानकारी लिने र प्यालेष्टाइन र चीनबीचको मित्रतालाई निरन्तरता गर्ने अपेक्षा गरेकी छिन्।

 

 “गत शताव्दीको साठीको दशकमा चीन र प्यालेष्टाइनबीच सहयोग भयो। चीन र प्यालेष्टाइनबीच फरक क्षेत्रहरूमा सहयोग भयो। खास गरी दुई मुलुकले जनस्तरीय र साँस्कृति क्षेत्रमा सहयोग गरेका थिए। प्यालेष्टिनी विद्यार्थीले चीन जाने मौका पाउनसक्ने आशा मैले लिएँ।