राष्ट्राध्यक्ष सी चिन फिङ र तान्जानियाका राष्ट्रपति हसनद्वारा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान
2024-04-26 17:13:06cri
Share with:

अप्रिल २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन र तान्जानियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा तान्जानियाका राष्ट्रपति हसनसँग बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले चीन र तान्जानियाबीचको परम्परागत मित्रतालाई निरन्तरता दिन र साझा भविष्यका साथ उच्चस्तरीय चीन-अफ्रिका समुदायको निर्माणलाई थप योगदान पुर्याउन राष्ट्रपति हसनसँग मिलेर प्रयास गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

 

तान्जानियाका राष्ट्रपति हसनले बेल्ट एन्ड रोड प्रस्ताव र विश्वव्यापी विकास प्रस्तावलगायत प्रमुख पहलहरूलाई समर्थन गर्दैजाने र तान्जानिया र चीनबीच व्यापक रणनीतिक सहकार्य साझेदारीलाई सुदृढ पार्ने व्यक्त गर्नुभएको छ।