अमेरिकी विदेशी सहायताले सधैँ अमेरिकी हितलाई आधारभूत सुरुवात र अन्तिम बिन्दु मानेको
2024-04-26 17:33:53cri
Share with:

 

मंगलबार राती अमेरिकी कङ्ग्रेसले अन्तिम स्वीकृति दिएपछि अमेरिकी राष्ट्रपति बाइडेनले बुधबार ९५ अर्ब डलरको विदेशी सहायता विधेयकमा हस्ताक्षर गर्नुभएको छ।

सीजीटीएनको एक विश्वव्यापी अनलाइन सर्वेक्षणका अनुसार, लगभग ९० प्रतिशत (८९.८७%) विश्वव्यापी उत्तरदाताहरूले अमेरिकी विदेशी सहायताले सधैँ अमेरिकी हितलाई आधारभूत सुरुवात बिन्दु र अन्तिम बिन्दुको रूपमा लिएको छ र प्राप्त गर्ने विकासशील देशहरूको व्यावहारिक हित र दीर्घकालीन विकासलाई बेवास्ता गर्ने गरेको विश्वास गरेका छन्।

अङ्ग्रेजी, स्पेनिश, फ्रेन्च, अरबेली र रुसी प्लेटफर्ममा सीजीटीएनले प्रकाशित गरेको सर्वेक्षणमा २४ घण्टामा ९ हजार ५ सय ३४ जनाले प्रतिक्रिया दिएका छन्।