अर्जेन्टिना, बोलिभिया र पेरुका विदेशमन्त्रीले चीनको भ्रमण गर्नुहुने
2024-04-26 19:26:25cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले २६ तारिख घोषणा गर्नुभए अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा अर्जेन्टिनाका विदेश मामिला, अन्तर्राष्ट्रिय व्यापार तथा धार्मिक मामिला मन्त्री मोन्डिनोले अप्रिल २७ देखि मे १ तारिखसम्म चीनको भ्रमण गर्नुहुने छ। यसै गरी, बोलिभियाका विदेशमन्त्री सोसा र पेरुका विदेशमन्त्री गोन्जालेज ओलेचेयाले अप्रिल २८ देखि ३० तारिखसम्म चीनको भ्रमण गर्नुहुने छ।