चीनको शन चौ १८ मानव वाहक अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण
2024-04-26 15:12:25CRI
Share with:

चीनको मानव अन्तरिक्ष कार्यालयले दिएको जानकारी अनुसार, बेइजिङ समय सन् २०२४ अप्रिल २५ तारिखको राती ८ बजेर ५९ मिनेट जाँदा शन् चौ १८ मानव वाहक अन्तरिक्ष यानको वाहनमार्फत् छाङचङ २ एफ याओ-१८ क्यारियर रकेट च्यूछ्यूआन उपग्रह प्रक्षेपण केन्द्रमा प्रक्षेपण गरिएको छ। करिब १० मिनेटपछि, शन चौ १८ मानव वाहक अन्तरिक्ष यानले यो रकेटबाट सफलताका साथ निस्केर योजनाबद्धरूपमा आफ्नो कक्षमा प्रवेश गरेको छ। अहिलेसम्म, अन्तरिक्षयात्री समूह राम्रो अवस्थामा छ, यो प्रक्षेपण सफल भएको छ।

अन्तरिक्ष यानले कक्षमा प्रवेश गरेपछि, योजनाबद्ध प्रक्रिया अनुसार अन्तरिक्ष केन्द्रको संयोजनसँग स्वायत्त र तीव्र रूपमा मिलेर जोडिने छ र कक्षमा शन चौ १८ का अन्तरिक्षयात्री समूहले शन चौ १७ मा स्थानान्तरण गर्नेछन्।

सो टास्कले चीनको अन्तरिक्ष केन्द्रको प्रयोग एवं विकासको भागमा मानवसहितको अन्तरिक्ष इन्जिनियरिङको तेस्रो मानवसहितको उडान हो जुन सो इन्जिनियरिङको ३२औँ प्रक्षेपण हो र छाङचङ श्रृंखला क्यारियर रकेटको ५१८ पटकको उडान हो।

अब, अन्तरिक्ष केन्द्रको संयोजनले जोडिने कक्षमा प्रवेश गरिसकेको छ र अवस्था राम्रो छ, जुन शन चौ १८ मानव वाहक अन्तरिक्ष यानसँग मिलेर जोडिनको लागि र अन्तरिक्षयात्री प्रवेश गर्नको लागि अवस्था पनि राम्रो छ।