विश्वका ९० प्रतिशतभन्दा बढी उत्तरदाताद्वारा प्यालेस्टाइन–इजरायल युद्धविरामको माग
2024-04-26 17:32:35cri
Share with:

 

सीजीटीएनले सार्वजनिक गरेको एक विश्वव्यापी सर्वेक्षणअनुसार ९०.०५ प्रतिशत उत्तरदाताले प्यालेस्टाइन–इजरायल द्वन्द्वका दुवै पक्षलाई मानवीय सङ्कट नबढाउन तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्।

 

विश्वका ९३.५ प्रतिशत उत्तरदाताले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्नुपर्ने र आमनागरिकविरुद्ध हुने सबै प्रकारका हिंसा तत्काल बन्द गर्नुपर्ने बताएका छन्।

 

सीजीटीएनको अङ्ग्रेजी, स्पेनिश, फ्रेन्च, अरबेली र रुसी प्लेटफर्ममा जारी गरिएको सर्वेक्षणमा २४ घण्टाभित्र ११ हजारभन्दा बढीले मतदान गरेका थिए।