सीएमजीको ८ के अल्ट्रा हाइ डेफिनेसन च्यानल सञ्चालनमा आउने परियोजना शुरू
2024-04-28 17:15:13cri
Share with:

 

चाइना मिडिया ग्रुपको ८ के अल्ट्रा हाइ डेफिनेसन च्यानल सञ्चालनमा आउने परियोजनाको हस्ताक्षर समारोह अप्रिल २७ तारिख शाङहाई अन्तर्राष्ट्रिय मिडिया बन्दरगाहमा आयोजना गरिएको छ। साथै “सीएमजीको आईपी विद्यालयमा प्रवेश” शीर्षकको शाङहाई स्टेशन गतिबिधि पनि एउटै समयमा शुभारम्भ गरिएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङ उक्त शुभारम्भ समारोहमा सहभागी हुनुभएको छ। प्राप्त जानकारी अनुसार, “सीएमजीको आईपी विद्यालयमा प्रवेश” शीर्षक गतिबिधिको मुख्य उद्देश्य रङगीचङगी र ज्ञानबर्द्धक तरिकामार्फत चाइना मिडिया गुप तथा युवा समुदाय बीचको सम्पर्क र आदानप्रदानलाई गहन पारिनु रहेको छ।