२०२४ अन्तर्राष्ट्रिय उपभोग सिजन अर्थात् पाँचौं शाङ्हाई किनमेल चाड सुरू
2024-04-28 17:12:30cri
Share with:

 

अप्रिल २७ तारिख चिनियाँ वाणिज्य मन्त्रालय, चाइना मिडिया ग्रुप र शाङ्हाई शहर सरकारले संयुक्तरूपमा प्रायोजन गरेको सन् २०२४ अन्तर्राष्ट्रिय उपभोग सिजन अर्थात् पाँचौं शाङ्घाई किनमेल चाड औपचारिकरूपमा सुरू भएको छ र राष्ट्रिय उपभोग्य वस्तुको व्यापारिक कार्यक्रम-शहङ्हाई स्टेशन एकैसाथ सुरू भएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी शाङ्हाई शहरका सचिव चेन जि निङले उक्त कार्यक्रममा भाग लिनुभयो। उहाँ र चिनियाँ वाणिज्य मन्त्री वाङ वन थाउ तथा चाइना मिडिया ग्रुपको निर्देशक एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय प्रचार मन्त्रालयका उपमन्त्री शन हाई स्युङसँग सन् २०२४ अन्तर्राष्ट्रिय उपभोग सिजन अर्थात् पाँचौँ शाङ्हाई किनमेल चाडको शुभारम्भ गर्नुभयो।