सन् २०२४ बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेला आयोजित-१
2024-04-29 10:23:42CRI
Share with:

मार्च ५ तारिखदेखि ७ तारिखसम्म सन् २०२४ बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेला जर्मनीको बर्लिनमा आयोजना गरिएको छ। चिनियाँ प्रदर्शन टोलीले चार वर्षपछि फेरि यो मेलामा भाग लिएको छ। 

पर्यटन क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मेलाको रुपमा यस पटकको बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेला तीन दिनसम्म चलेको छ। १७० मुलुक तथा क्षेत्रका ५ हजार ५ सय भन्दा बढी व्यवसायहरु तथा विश्वका करिब १ लाख पेशागत दर्शकहरु यस मेलामा सहभागी भएका छन्। मार्च ५ तारिख आयोजित “सन् २०२४ बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेला अन्तर्गत चिनियाँ हलको उद्घाटन समारोहमा” जर्मनीका लागि चिनियाँ राजदूतावासकी मिनिस्टर कन्स्युलर चङ यिन रुले चिनियाँ प्रतिनिधि मण्डलले यस पटक मेलामा भाग लिएको कुराबाट चिनियाँ पर्यटन उद्योग अन्तर्राष्ट्रिय पर्यटन बजारमा चौतर्फी रुपमा फर्केको द्योतक भएको औँल्याउनुभयो। चिनियाँ पर्यटकहरुले विश्वमा पुन:यात्रा गर्नुका साथै चीनले अरु बढी विदेशी पर्यटकहरुको स्वागत गरेको उहाँले बताउनुभयो,

चिनियाँ पर्यटन उद्योग तीव्र रुपमा फर्केको कुराले विश्व पर्यटन उद्योगको पुन:उत्थानका लागि दरिलो विश्वास तथा प्रेरित शक्ति थपेको छ। हाल चीन सरकारले चीनमा आउने उडानको अनुमतिमा सुधार गर्ने, अन्तर्राष्ट्रिय बजारमा प्रचार-प्रसारलाई सबल पार्ने र चीनमा आउने पर्यटकहरु सम्बन्धी सेवामा सुधार गर्ने विषयहरुबारे अनेकन् कदम चालेको छ। गत वर्षको डिसेम्बरमा चीन सरकारले जर्मनी लगायत केही मुलुकहरुलाई लक्षित १५ दिनसम्म निःशुल्क भिसा दिने नीति अपनाएको छ। हामीले विदेशी पर्यटकहरुकालागि चीन भ्रमण क्रममा इलेक्ट्रोनिक भुक्तानी र होटेल तथा दृश्यावलोकन स्थलसम्बन्धित् विषयहरु अरु बढी सुविधा दिनेछौँ। चीनको सांस्कृतिक तथा पर्यटकीय स्रोत प्रशस्त रहेको छ, पर्यटनको पूर्वाधार पूर्ण रहेको छ, चीनले अन्तर्राष्ट्रिय पर्यटकहरुलाई हार्दिक स्वागत गरिरहेको छ। 

यस पटकको मेलामा फ्रान्कफर्टका लागि चिनियाँ संस्कृति तथा पर्यटन कार्यालयले पैचिङ, शाङहाई, च्याङ सु, च च्याङ, क्वाङ तोङ, हाई नान तथा स छ्वान लगायत प्रान्त तथा नगरपालिकाका प्रशासनिक विभाग, पर्यटन व्यवसाय तथा वायु कम्पनी लगायतका निकायहरुलाई ४०७ वर्गमिटरको चिनियाँ प्रदर्शन क्षेत्रमा चिनियाँ पर्यटनको छवि देखाउन र चिनियाँ संस्कृति तथा पर्यटन स्रोत गहन रुपमा प्रचार प्रसार गर्न स्थान उपलब्ध गराएको छ। जर्मनीको एउटा कम्पनीका जिम्मेवार व्यक्ति स्भेन मियेरले यसरी भन्नुभयो,

चालू वर्ष चिनियाँ हल फेरि बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेलामा देखिएकोमा मलाई धेरै खुसी लाग्यो, चीनको प्रदर्शन क्षेत्र निकै सुन्दर तथा फराकिलो छ। जर्मनहरुका लागि चीनको यात्रा गर्ने एउटा स्थायी आकर्षण भनेको चिनियाँ संस्कृति हो। त्यसैले यस पटक चिनियाँ हलले संस्कृति तथा पर्यटनलाई मिसाएको कुरा निकै राम्रो छ। चिनियाँ सभ्यताको ५ हजार वर्षको इतिहास छ। चीनका धेरै दृश्यावलोकन स्थललाई विश्व सांस्कृतिक सम्पदा सूचिमा राखिएको छ। चीनको यात्रा गर्न लायक छ। विशेष गरी चीनले जर्मनीका लागि १५ दिनसम्म निःशुल्क भिसा प्रदान गरी जर्मनीको पर्यटन बजारमा विशाल प्रेरक शक्ति थपेको छ। ट्राभल एजेन्सी र वायु कम्पनीले चीनको यस सुविधाजनक नीतिको निकै स्वागत गरेका छन्। हामी चीनको यात्रा सम्बन्धी अरु निहित शक्ति फेला पार्न सक्ने अपेक्षामा छौँ। यस क्षेत्रमा जर्मन बजारको असिमित निहित शक्ति छ। मेरो विचारमा हरेक जर्मन आफ्नो जीवनमा एक पटक चीन घुम्नुपर्छ।