ली छ्याङद्वारा अमेरिकाको टेस्ला कम्पनीका सीइओ इलोन मस्कसँग भेटवार्ता
2024-04-29 16:00:00CRI
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले अप्रिल २८ तारिख अपराह्न त्याउ यू थाइ स्टेट गेस्टहाउसमा अमेरिकाको टेस्ला कम्पनीका सीइओ इलोन मस्कसँग भेटवार्ता गर्नुभएको छ

वार्ताको क्रममा प्रधानमन्त्री लीले चीन र अमेरिकाबीचको अर्थतन्त्र गहिरो रूपमा सहकार्य गर्दैआएको र दुई देशले आपसी विकासमार्फत लाभ प्राप्त गर्नसक्ने बताउनुभयो।

चीनमा टेस्ला कम्पनीको विकास चीन-अमेरिका व्यापारिक तथा आर्थिक सहकार्यको राम्रो नमुनाको रूपमा लिइन्छ। समान र पारस्परिक लाभको सहकार्यले दुई देशको आधारभूत हितलाई समेट्ने छ, ली छ्याङले व्यक्त गर्नुभयो।

मस्कले चिनियाँ समूहको मेहनत र बुद्धिले टेस्लाको शाङ हाईस्थित सुपर कार्यशाला अरू ठाउँका कार्यशालाहरूभन्दा उत्कृष्ट कार्यशाला भएको व्यक्त गर्नुभयो। साथै, मस्कले थप पारस्परिक लाभकालागि टेस्ला कम्पनीले चीन पक्षसँग निरन्तर रूपमा सहकार्य अघि बढाउने चाहेको पनि बताउनुभयो।